मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

डोल्पा | मंसिर ३, २०८१

मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

डोल्पा:     आँखा देख्न छाडेको धेरै समयपछि पुन: दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गर्नुभएको छ । 


उहाँ लामो समयदेखि आखाँको मोतिविन्दुका कारण देख्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । ठुलीभेरी नगरपालिका(३ दुनै बजारकी थापाले भन्नुभयो, “मैले आँखा देख्न छाडेको धेरै भएको थियो । अब त जीन्दगी यस्तै जान्छ कि भन्ने लागेको थियो । उपचारका लागि नेपालगञ्ज जान पनि समस्या थियो, नजिकै उपचारको व्यवस्था थिएन ।”


जिल्ला अस्पतालले गरेको आँखाको निःशुल्क शल्यक्रिया शिविर उहाँका लागि बरदान बनेर आयो । जिल्ला अस्पताल डोल्पामा गत कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरबाट लाभान्वित हुनुभएकी उहाँले सुनाउनुभयो,“हल्ला सुनेपछि अस्पताल गएर सोधेँ, डाक्टरले यतै शिविर बस्दैछ भन्नुभयो । शिविर बस्यो, आँखाको शल्यक्रिया भयो, खर्च बच्यो । त्योभन्दा बढी छर्लङ्ग देख्न थालेपछि नयाँ जुनी पाएकी छु ।” 


उहाँ मात्रै होइन शिविरबाट अन्य ३१ जनाले पनि आँखाको ज्योति पाएका छन् । आँखाको निःशुल्क शल्यक्रिया भएपछि काइके गाउँपालिका(५ बस्ने ६० वर्षीया पेम्बा लामु रोकाया र ठूलीभेरी नगरपालिका–८ बस्ने ५१ वर्षीया कृष्णचन्द शाही पनि निकै खुुसी हुनुहुन्छ । 


“गाउँबाट टाढा गएर उपचार गर्न जान समस्या छ । आर्थिक जोहो गर्न पनि सकिदैन तर आफ्नै जिल्लामा निःशुल्क उपचार पायौँ । त्यसैमा हामीलाई त डाक्टरसापले रु पाँच÷पाँच हजार पनि दिनुभयो । योभन्दा अरु खुसी के होला”, दुवै जनाले एकैस्वरमा भन्नुभयो । आँखा विशेषज्ञ डा ज्ञानेन्द्र लामिछानेले आर्थिक रूपमा विपन्न रोकाया र शाहीलाई आर्थिक सहयोग गर्नुभएको हो । 


नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम  लुम्बिनी, नेत्रज्योति संस्थान तथा रिसर्च सेन्टर र श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको आर्थिक तथा प्रविधिक सहयोगमा निःशुल्क आँखा मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको हो । 


जिल्ला अस्पतालका नेत्र सहायक अमृत कठायतले जिल्लाका विभिन्न स्थानमा मोतिविन्दुका बिरामी छनोट शिविर सञ्चालन गरी शल्यक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो । आर्थिक रूपले विपन्न नागरिकको जिल्लामै मोतिविन्दुको निःशुल्क शल्यक्रिया गर्न सहजीकरण गरिएको उहाँले बताउनुभयो । 


हिमाली दुर्गम जिल्लाका नागरिकलाई लक्षित गरी जिल्ला अस्पतालमा आँखाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको जिल्ला अस्पतालका चिकित्सा शाखा प्रमुख डा अखण्ड उपाध्यायले बताउनुभयो । आगामी दिनमा पनि आवश्यकताअनुसार जिल्लामै शिविर आयोजना गरिने उहाँले बताउनुभयो । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्