लान्द्रुक हनि हन्टिङ महोत्सव मंसिर २२ देखि, भलिबलको उपाधि ७० हजार
पाेखरा | मंसिर ९, २०८१
पोखरा: कास्कीको अन्नपुर्ण गाउँपालिका–७ लान्द्रुकमा मंसिर २२ देखि २४ गतेसम्म लान्द्रुक हनि हन्टिङ महोत्सव सुरु हुने भएको छ ।
लान्द्रुक हनि हन्टिङ महोत्सव आयोजक समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो ।
लान्द्रुक हनि हन्टिङ महोत्सव समितिका अध्यक्ष सुरेश गुरुङले महोत्सव यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुने बताए ।
‘अन्नपूर्ण पदमार्गमा पर्ने लान्द्रुक गाउँमा यही मंसिर २२ देखि २४ गतेसम्म हनि हन्टिङ महोत्सव आयोजना छौैं’, उनले भने, ‘यही मंसिर २२ देखि २४ गतेसम्म सञ्चालन हुने महोत्सवमा साविक वडास्तरीय पुरुष भलिबल र कोटेसाङ भीरमा मह शिकार नै महोत्सवको आर्कषणको रुपमा राखेका छौं ।’
यो पनि पढ्नुहोस
हनि हन्टिङ महोत्सवमा मोदी खोला किनारामा रहेको कोटेसाङ भीरमा यस पटक २२ घारमा मह शिकार गर्ने अध्यक्ष गुरुङले बताए ।
हनि हन्टिङ महोत्सवको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षण गर्न स्थानीय कला संस्कृति, भीरमा मह काढ्ने, व्यक्तित्व सम्मान र साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु समेत हुने अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार साविक वडास्तरीय पुरुष भलिबलको विजेताले नगद ७० हजार, उपविजेताले ४० हजार र तृतीय हुने समुहले २० हजारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै भलिबल प्रतियोगितामा सहभागिताको लागि एक समूहलाई ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...


