इलोन मस्कले ४४ अर्ब डलरमा ट्‍वीटर किन्ने

काठमाडाैं | बैशाख १३, २०७९

इलोन मस्कले ४४ अर्ब डलरमा ट्‍वीटर किन्ने

एजेन्सीः इलोन मस्कले समाजिक संजाल ट्‍वीटर ४४ अर्ब डलरमा किन्ने भएका छन् । अपेक्षा गरिएभन्दा बढी रकममा ट्‍वीटर किन्न इलोन मस्क सहमत भएको रोयटर्सले जनाएको छ ।

 

ट्‍वीटरको सञ्चालक समितिले इलोन मस्कको प्रस्तावलाई अनुमोदन गरेको समाचार माध्यमहरुले उल्लेख गरेको छ । ट्‍वीटरमा व्यापक सम्भावना रहेको र त्यो सम्भावनालाई उजागर गर्न कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न आफू तत्पर रहेको इलोन मस्कले बताएका छन् ।

 

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २ सय ७३.६ अर्ब डलर रहेको छ । उनी विद्युतीय सवारी साधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेस एक्सको पनि प्रमुख हुन् ।

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्

काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...

थप पढ्नुहोस्