मन्त्री श्रेष्ठको आह्वान: सहकारीलाई उद्यमसँग जोडौँ
नवलपुर | मंसिर १४, २०८१
गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् ।
शुक्रबार नवलपुरको कावासोती स्थित कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री श्रेष्ठले समाजमा सहकार्यको भावना जागृत गर्दै संगठित भएर पुँजीको सही परिचालन गर्दै आएका सहकारीले आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्याएको बताएकी हुन् ।
‘उद्धेश्य अनुरुप सञ्चालन नहुँदा, पारदर्शिता नहुँदा, समाजप्रति र बचतकर्ताप्रति उत्तरदायी नहुँदा केही सहकारीहरुमा समस्या आएको छ । तर पारदर्शि ढङ्गबाट अघि बढीरहेका सहकारीहरुको कार्यप्रगति राम्रो छ । स्थापनाको उद्धेश्य अनुरुप, बचतकर्ताहरुको भावना अनुरुप सञ्चालन भइरहेका सहकारीहरुले आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्’ उनले भनिन् ।
सहकारीलाई उद्यमसँग जोड्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड थियो ।
अन्नबालीका लागि नवलपुर उर्वर भूमी भएकाले सामूहिक खेती लगायतका कृषि उद्यमसँग जोडिन बचतकर्ताहरुलाई उनले आह्वान गरिन् ।
‘सहकारीलाई उद्यमसँग जोडिरहँदा केही चुनौतीहरु देखा पर्न सक्छन् । हामीले चुनौतीलाई अवसरका रुपमा लिँदै अघि बढ्नु पर्दछ’, उनले भनिन्,‘आर्थिक उन्नयनका लागि उद्यमशिलताको विकल्प छैन । तसर्थ सबै बचतकर्ता, श्यर सदस्य लगायत सहकारीमा आवद्ध सम्पूर्णलाई उद्यममा अघि बढ्न आह्वान गर्दछु ।’
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

