दुर्लुङ तमु समाजको २३ औं साधारण सभा सम्पन्न

पाेखरा | मंसिर १५, २०८१

दुर्लुङ तमु समाजको २३ औं साधारण सभा सम्पन्न

पोखरा:   दुर्लुङ तमु समाजले पोखरामा २३ औं साधारण सभा सम्पन्न गरेको छ ।

 

पोखरा महानगरपालिका २५ तल्लो फेदी (मुलपानी) स्थित आफ्नै समाज भवनमा दुर्लुङ तमु समाजले २३ औं वार्षिक साधारण सभा एवम् २४ औं जन्मोत्सव मनाएको हो ।

 

उक्त कार्यक्रमको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गरे । 

 

सो अवसरमा बोल्दै बस्यालले दुर्लुङ समाजले एकताको सन्देश दिएको धारणा राखे । 

 

उनले फरक प्रसंगमा बोल्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न नागरिक स्तरबाट पनि योगदान दिन जरुरी रहेको बताए । 

 

उनले नागरिक समाजको गतिविधिले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउदै सक्रिय हुनुपर्नेमासमेत जोड दिएका थिए ।

 

 

यस्तै गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले समाजको २३ औं वार्षिक साधारण सभाको अवसरमा बधाई तथा शुभकामना अर्पण गरे ।  

 

उनले सामाजिक भातृत्व कायम गर्न र एक अर्कालाई सहयोग गर्न समाजको आवश्यकता रहने बताए ।  

 

‘आफ्नै घर हुँदा हुँदै पनि समाज घर किन आवश्‍यक परेको होला भनेर मैले महशुस गर्थै, उनले भने, ‘हामी जन्म थलो, थाक थलो छोडेर हिड्छौ । त्यसपछि सुखदुखमा समाज घरको अत्यन्तै आवश्यक पर्दाेरहेछ । यसले एकापसमा सहयोग र भातृत्वको विकास गर्न धेरै नै भूमिका रहन्छ ।’

 

उनले दुर्लुङ तमु समाजबाट अन्य समाजले सिको गर्नुपर्नेसमेत धारणा राखेका थिए ।

 

सो कार्यक्रमकाबीच समाजलाई सहयोग गरेको भन्दै डब्लुओटु गणेश बहादुर गुरुङ, सुवेदार गणेश बहादुर गुरुङ, क्याप्टेन चित्र बहादुर गुरुङ,  पूर्णकुमारी गुरुङ र हेलीमाया गुरुङलाई सम्मान अर्पण गरिएको थियो ।

 

कार्यक्रम दुर्लुङ तमु समाजका अध्यक्ष दान बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष क्याप्टेन गोलमान गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने, सचिव मीन बहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्