काठमाडौं १६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित
काठमाडाैं | मंसिर १७, २०८१
काठमाडौं: काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् ।
उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए ।
एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् ।
०७९ को निर्वाचनमा काठमाडौं १६ मा कांग्रेका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

