पौष १८ देखि २० औं लेखनाथ महोत्सव

पाेखरा | मंसिर १७, २०८१

पौष १८ देखि २० औं लेखनाथ महोत्सव

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघले सँयुक्त रुपमा २० औं संस्करणको लेखनाथ महोत्सव २०८१ गर्ने भएको छ ।

लेखनाथमा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी पौष १८ गतेदेखि माघ १ गतेसम्म महोत्सव सञ्चालन गर्ने जानकारी दिएको हो ।

 

प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका महासचिव जानुकी पराजुली अधिकारीले पोखरा महानगरपालिका २७ स्थित तालचोकमा उक्त महोत्सव सञ्चालन हुने जानकारी दिइन् । 

 

उनका अनुसार सो महोत्सवमा विभिन्न प्रकारका गरि कुल ३ सय ३६ वटा स्टलहरु रहनेछन् ।

 

उनले अटो प्रदर्शनीका ६ वटा, शैक्षिक तथा ग्रामिण प्रविधिका १२, कृषि प्रदर्शनीका ३६, किचन समाग्रीका २५, मेशनरीका १०, हस्तकलाका १६, गार्मेन्ट तथा रेडिमेटका १ सय ८, जनरल २६, फुड एण्ड बेभरेजका १६, डेरीका ९, नेपाली उत्पादका २२, खानाका १७, बैंक तथा वित्तिय संघसंस्थ तथा प्रायोजकका ३३ वटा स्टल गरी कुल ३ सय ३६ वटा स्टल रहने महासचिव अधिकारीले बताइन् ।

 

उनले स्टल बुकिङ खुला भइसकेको बताउदै यही २४ गतेसम्म बुकिङ गर्न सकिने बताइन् ।

 

महोत्सवलाई सम्पन्न गर्न विभिन्न ९ सदस्यीय निर्देशन समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ४७ सदस्यीय उपसमिति र १ सय १७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

 

महोत्सवमा सहआयोजकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी रहेको छ । भने, प्रवद्र्धकका रुपमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेको छ ।

 

महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।
 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्