आदर्श कप सुरु, सजिनको गोलमा एवाइसीको विजयी सुरुवात
पाेखरा | मंसिर २३, २०८१
PHOTO: GOAL NEPAL
लेखनाथ: शनिबारदेखि लेखनाथको भण्डारढिकमा ‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने नारासहित २५ औं संस्करणको आदर्श कप सुरु भएको छ ।
आदर्श युवा क्लब भण्डारढिकले ६ वर्षपछि अयाोजना गरेको आदर्श कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको हो ।
उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।
सो अवसरमा बोल्दै उनले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गरे ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।

उनले विभिन्न खेल गतिविधिहरुलाई पर्यटनसँग जोडेदै समग्र प्रदेशको विकास गरिने धारणा राखे ।
यसअघि एन्फा तनहुँ र आयोजकबीच भएको उद्घाटन खेलमा आयोजक आदर्श पुवा क्लब विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरको छ ।
आयोजकको जीतमा ४१ औं मिनेटमा आदर्श युवा क्लबका सजिन मगरले निर्णायक गोल गरे । उनै मगर म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेल आज दिउँसो १ बजे नेपाल आर्मी सिद्धिदल गत (पश्चिम पृतना) र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच प्रतिष्पर्धा हुनेछ ।
शौर्य सिमेन्टको मुख्य प्रायोजनमा शनिबारदखि सुरु भएको प्रतियोगिता आगामी २९ गतेसम्म चल्नेछ ।
सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार पाँच सय २५ रुपैयाँ र उपविजेताले नगद रु २ लाख २५ हजार पाँचसय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी विभिन्न विधामा खेलाडीलाई पनि नगद र ट्रफिसहित पुरस्कृत गरिने क्लबका अध्यक्ष पदम गुरुङले बताए ।
उनका अनुसार क्वाटरफाइनल खेलका लागि प्रवेश शुल्क १ सय र सेमिफाइनल तथा फाइनल खेलका लागि १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

