प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन ६ खेल सम्पन्न

खेलकुदको विकासमा गाउँपालिका लागेको छ: अध्यक्ष केसी

पाेखरा | मंसिर २५, २०८१

प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन ६ खेल सम्पन्न

पोखरा: पोखरामा आज देखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो । 


पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (सेतो)ले कास्कीको अन्नपूर्ण गाउँपालिका (कालो)लाई ५०–२२ ले पराजित ग¥यो । 


यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका (सेतो)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (सेतो)लाई ४६–४२ अङ्कले पराजित ग¥यो । 


यस्तै तेस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका कालोलाई ५५–३० ले पराजित ग¥यो ।  


चौथो खेलमा बेनी नगरपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५३–२२ ले पराजित ग¥यो । 


पाचौ खेलमा पोखरा महानगरपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका सेतोलाई ५३–३५ ले पराजित ग¥यो । 


छैठौं खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ५०–४३ ले पराजित ग¥यो । प्रतियोगिता लिककम नकआउटको आधारमा सञ्चालन भइरहेको छ । बुधबार पुनः लिगचरणका खेलहरु नै सञ्चालन हुने आयोजकले जनाएको छ । 


लिक कम नकआउटको आधारमा सञ्चालन हुने  गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । 


विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ । 

खेलकुदको विकासमा गाउँपालिका लागेको छः अध्यक्ष केसी


कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले खेलकुदको विकास गाउँपालिका प्रतिवद्ध रहेको बताए । 


प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन् । 


‘अन्नपूर्ण गाउँपालिका खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्न पर्छ भन्ने पक्षमा छ, सबै खेलकुदहरुलाई अगाडि बढाउँदै खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल मैदानमा उत्रने र प्रतिस्पर्धा गर्दै विजयी भएर राष्ट्रको नाम राख्नका लागि गाउँपालिका प्रोत्साहन गर्न चाहान्छ ।’ अध्यक्ष केसीले भने । 


अध्यक्ष केसीले बास्केटबल प्रतियोगितामा धेरै खेलाडीहरुलाई सहभागिता गराउन प्रतियोगिता पोखरामा सञ्चालन गरिएको बताए । 


‘बास्केटबल प्रतियोगिता अन्नपूर्ण गाउँपालिकाभित्र नै सञ्चालन गर्न सकिन्थ्यो’, उनले भने, ‘बास्केटबल प्रतियोगितामा हामीले धेरै भन्दा धेरै खेलाडीहरुको सहभागिता लागि नै पोखरामा यस खेल सञ्चालन गरेका हौं ।’


प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले दशौं खेलकुदको लागि मिति तय भइसकेकाले यस खेलले बास्केटबल खेलाडी छनोटमा सहयोग पुग्ने बताए । 


‘अन्नपूर्ण गाउँपालिकाले बास्केटल खेलमा नयाँनयाँ खेलाडी उत्पादन गर्ने हेतुले खेल आयोजना गरेको छ’, गुरुङले भने, ‘यस प्रतियोगिताले हामीले दशौ खेलकुद प्रतियोगिताको मिति तय भइसकेकाले खेलाडी छनोटमा समेत सहयोग पुग्नेछ ।’ 


कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । 

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्