पोखराको ढुङगेसाँघु, पट्नेरीमा कोटिहोम: सामाजिक अगुवाहरुको साथ समर्थन

पाेखरा | मंसिर २५, २०८१

पोखराको ढुङगेसाँघु, पट्नेरीमा कोटिहोम: सामाजिक अगुवाहरुको साथ समर्थन

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा विभिन्न राजनीतिक दल र सामाजिक संघ संस्थाले सहभागि भएर समर्थन जनाएका छन् ।


यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले राजनीतिक दल, समाजका प्रतिष्ठित तथा समाजसेवी र महिला समूहरुको बाक्लो उपस्थिति रहेको जानकारी दिए । 


कोटिहोममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी भएर समितिको धार्मिक क्षेत्र बनाउने योजनामा साथ र समर्थन व्यक्त गरेकी थिइन् । 


यस्तै प्रतिनिधि सभा सदस्य दामोदर बैरागी पौडेल, गण्डकी प्रदेश सभा सदस्य भीम कार्मी सहभागि भएर धार्मिक पर्यटकीय केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बचन दिए ।  


यस्तै नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङ, समाजसेवी गंगा पोखरेल, वडानम्बर १५ का अध्यक्ष तोरण बानिया, वडासदस्य, समाजसेवीले र स्थनीय संघ संस्था र प्रतिनिधि कोटिहोममा पुगेका थिए ।  


यस्तै कोटिहोमको आठौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । 


यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पोखरेलीहरुको सथा र सहयोगले कार्य सफलता तर्फ उन्मुख भएको बताए । 


यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि  धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।  अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए ।


कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी)  जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ । 


यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ ।  


यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । 
मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ । 
 

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्