करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
पाँचथर | साउन १०, २०७९
पाँचथर: यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।
सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पुर्याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले बताएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

