डा. ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
काठमाडाैं | मंसिर २८, २०८१
काठमाडौं: डा. ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सिमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट) वितरण गरेको छ ।
जाडो बढ्दै गएकाले पहिलो चरणमा त्यस क्षेत्रमा बसोबास गर्दै आएका मुसहर, चमार र दुसाद समुदायका साथै अन्य विपन्न परिवारलाई चिसोबाट जोगाउन ब्लाङ्केट वितरण गरिएको हो ।
डा ओम फाउन्डेसनका संस्थापक डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट सङ्कलित रकमबाट ब्लाङ्केट खरिद गरिएको हो ।
डा ओममूर्तिले भन्नुभयो–“मैले बुबासँगको सम्बन्धलाई आधार बनाएर ‘जीवन्त सम्बन्ध नामक पुस्तक लेखेको थिएँ । पुस्तकको बिक्रीबाट आर्जित सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने क्रममा ब्लाङ्केट वितरण गरिएको हो ।” ‘
जीवन्त सम्बन्ध’ पुस्तक खरिद गर्ने पाठकहरूकै योगदानबाट जाडोमा कठ्याङ्ग्रिएर बसेको परिवारलाई केही न्यानो प्रदान गर्न खोजिएको उहाँको भनाइ छ ।
पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत् स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका क्षेत्रमा खर्च गरिने फाउन्डेसनको योजना रहेको छ ।
फाउन्डेसनले गत कात्तिकमा धमौरामा पाँच दिनसम्म निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी छ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो भने छिट्टै देशभरिबाट प्रतिनिधित्व हुने गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

