कास्की- ११ लाई आदर्श कपको उपाधि

पाेखरा | मंसिर ३०, २०८१

कास्की- ११ लाई आदर्श कपको उपाधि Photo: GoalNepal

पोखरा: कास्कीको लेखनाथमा आयोजित २५औं आदर्श कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कास्की जिल्ला फुटबल संघ (एन्फा) कीले हात पारेको छ । 


लेखनाथको भण्डारढीक स्थित लेखनाथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बललाई २–१ को गोल अन्तरले पराजित गर्दै कास्कीले उपाधि जित्न सफल भएको हो ।


खेलको ४६ औ मिनेटमा शसस्त्रका प्रविन स्याङतानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ८१ औं मिनेटमा कास्कीका युनिस भण्डारीले गोल फर्काउँदै खेललाई बराबरीमा पु¥याएका थिए । तर त्यसको ६ मिनेटमै कास्कीका संगम ठकुरीले दोश्रो गोल थप्दै जित सुनिश्चत गरेका थिए ।


त्यसपछि पनि बारम्बार पाएको गोल गर्ने मौकालाई सदुपयोग गर्न नसक्दा सशस्त्रले उप विजेतामा चित्त बुझाउनु परेको छ । 


च्याम्पीयन बनेको कास्कीले उपाधिसँगै नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ भने उपविजेता सशस्त्र प्रहरी बल गण्डकी प्रदेशले नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।


प्रतियोगितामा उत्कृष्ट मिडफल्डरमा कास्की ११ का अंकित गुरुङ,सर्वाधिक गोलकर्तामा सशस्त्रका प्रविन साङते, उत्कृष्ट डिफेन्डरमा सशस्त्र कै सन्तोष श्रेष्ठ,उत्कृष्ट गोलरक्षकमा कास्की ११ का आयुस गुरुङ, उत्कृष्ट कोचमा कास्कीका योगेन्द्र थकाली र उत्कृष्ठ खेलाडीमा कास्की कै अनिस तामाङ पुरस्कृत भएका हुन् । प्रतियोगितामा गण्डकी प्रदेशबाट ८ टिमको सहभागिता रहेको थियो ।


विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै संघिय सासंद मन बहादुर गुरुङले खेललाई ब्यवसायिक र प्रस्तावित लेखनाथ रंगशालालाई पोखराको बैकल्पीक रंगशालाको रुपमा विकास विकास गराउन पहल गर्ने वताएका थिए ।


आयोजक आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन सचिव सन्तोष गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन क्लवका सस्थापक अध्यक्ष चेत बहादुर गुरुङले गरेका थिए ।


‘निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको मुख्य प्रायोजकक शौर्य सिमेन्ट रहेको थियो । 
 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्