'ग्रीन डेभलपमेन्ट बैंक' पोखरा महोत्सवको 'बैंकिङ पार्टनर'
पाेखरा | पुस ४, २०८१
पोखरा: आगामी पुषको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा बैंकिङ पार्टनरको रुपमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।
तेह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखराको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गरेको हो ।
महोत्सव आयोजक युनाईटेड क्लब पोखराका अध्यक्ष लोकबहादुर थापा र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा बोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले युनाईटेड क्लब संग अघिल्लो संस्करणका पोखरा महोत्सवहरुमा समेत सहकार्य गर्दै आइरहदा तेह्रौं संस्करणको पोखरा महोत्सवमासमेत महोत्सवको बैंकिङ पार्टनरको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी महोत्सवको आम्दानीको बचत रकमबाट आयोजना गर्ने सामाजिक कामबाट आफु प्रभावित भएकाले सहकार्यलाई निरन्तरता दिएको उनको भनाइ रहेको थियो ।
यस्तै क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागि भएकाले सम्पूर्णको साथ र सहयोगलेनै पोखरा महोत्सव तेह्रौं संस्करणसम्म आइपुगेको बताए ।
अघिल्लो संस्करणहरुमा जस्तै तेह्रौं संस्करणमा समेत ग्रीन डेभलपमेन्ट बैंक संग सहकार्य गर्न पाउदा आफुहरुलाई अझै हौसला प्रदान भएको थापाको भनाई थियो ।
उक्त अवसरमा युनाईटेड क्लब पोखराका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका द्धितिय उपाध्यक्ष सूर्य बहादुर बानियाँ, , क्लबका कोषाध्यक्ष जयराम आचार्य, क्लबका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
महोत्सवको मिति नजिकिदै गर्दा महोत्सको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

