पोखरामा धारिलो हतियार देखाएर वृद्धाको सुनका गरगहना लुटपाट गर्ने ३ जना पक्राउ
पाेखरा | पुस ४, २०८१
पोखरा: पोखरामा धारिलो हतियार देखाएर एक वृद्धाको सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गत मंसिर २३ गते पोखरा महानगरपालिका–३१ बेगनास गैह्राघर बस्ने ७९ वर्षीय बेदुनाथ अधिकारीको श्रीमतीलाई कुटपिट गरी उनले लगाएका सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको रिसिङ गाउँपालिका २ काउँशिवपुर घर भई पोखरा १५ रामबजार बस्ने ३७ वर्षीय मोहन भन्ने मधुसिंङ थापामगर, बागलुङ तमानखोला घर भई पोखरा ६ लेकसाइड बस्ने ३९ वर्षीय प्रकाश थापा र रोल्पा घर भई पोखरा मालेपाटन बस्ने ३२ वर्षीय गोपाल नेपाली छन् ।
उनीहरुले गत मंसिर २३ गते अधिकारीको घरमा नकाव लगाएर धारिलो हतियार देखाई उनकी श्रीमतीले लगाएको १ थान औंठी, कानका २ वटा रिङ चोरी गरेर फरार भएका थिए ।

लुटपाट गर्न प्रयोग गरिएको धारिलो हतियार । फोटो: कास्की प्रहरी
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

