पत्रकार महासंघ बागलुङले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने
बाग्लुङ | पुस ५, २०८१
बागलुङ: नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पत्रकारहरूको हितमा महत्वपूर्ण निर्णय गरेको छ ।
बिहीबार सपथग्रहण तथा पदस्थापन लगत्तै बसेको उक्त बैठकले ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गर्ने निर्णय गरेको महासंघका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।
अवधारणा र कार्ययोजनासहित उक्त कोषको औपचारिक घोषणा छिट्टै गरिने उहाँले बताउनुभयो । आगामी तीन वर्षभित्रमा उक्त कोषमा रू. १० लाख पुर्याउने लक्ष्य लिइएको छ ।
कोषको संचालन र व्यवस्थापनलाई चुस्त बनाउन छुट्टै कार्यविधि बनाइने सचिव रिजालले बताउनुभयो ।कोषको ब्याज रकमबाट बर्सेनि विभिन्न विधामा उत्कृष्ट रिपोर्टिङ गर्ने पत्रकारलाई लेखनवृत्ति उपलब्ध गराइनेछ ।
महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले श्रमजीवी पत्रकारका हकहितलाई केन्द्रमा राखेर कार्ययोजनासहित अगाडि बढ्ने बताउनुभयो । ‘हामी सिक्छौँ, सिकाउँछौँ’
कार्यक्रमअन्तर्गत आगामी तीन वर्षभित्र पत्रकारका लागि विविध तालिम तथा क्षमता विकासका कार्यक्रम सञचालन गरिने उहाँले बताउनुभयो ।
पत्रकार दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल र अन्तरक्रिया गरी आवश्यक निचोडमा पुग्ने अध्यक्ष थापाले बताउनुभयो ।
पत्रकारको पेसागत सुरक्षाका अतिरिक्त स्थानीय र स्वरोजगारमूलक संचारमाध्यमको सबलीकरणमा महासंघले सार्थक भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

