यु-१७ राष्ट्रिय फुटबल प्रशिक्षकमा श्रेष्ठ

काठमाडाैं | साउन १०, २०७९

यु-१७ राष्ट्रिय फुटबल प्रशिक्षकमा श्रेष्ठ

 

काठमाडौं:   यु-१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

 

ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई यु-१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले जानकारी दिए ।


एन्फाले यु–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । खेलाडी छनोट साउन २० गतेसम्ममा सकिने राईले जानकारी दिए ।

 

श्रेष्ठले २०१६ मा प्रशिक्षणमा ‘ए’ लाइसन्स् प्राप्त गरेका थिए । उनले २०२१ मा थ्री स्टार क्लबको जिम्मेवारी लिएका थिए । उनले जिम्मेवारी लिएपछि थ्री स्टारले बाग्मती गोल्डकप फुटबलको उपाधि जितेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्