संस्कार र जीवनउपयोगी शिक्षा आजको आवश्यकता: मन्त्री थापा

पाेखरा | पुस ५, २०८१

संस्कार र जीवनउपयोगी शिक्षा आजको आवश्यकता: मन्त्री थापा

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारी र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । 


शुक्रबार मन्त्रालयद्वारा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला कार्यक्रमलाई शुभारम्भ गर्दै उनले जीवनउपयोगी शिक्षा प्रति ध्यान दिनुपर्ने उल्लेख गरे ।


“योजना बनाइरहदा शिक्षामा सुधारलाई अप्नाउदै नयाँ ढंगबाट योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी शिक्षा प्र्रति ध्यान दिनुपर्छ । नैतिक शिक्षाको खडेरी छ, त्यस तर्फ हाम्रा योजना अगाडि बढ्नुपर्छ ।”, उनले भने ।


मन्त्री थापाले गण्डकी प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकोले स्थानीय तहले पनि समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए । स्थानीय तहले अपनत्व लिएर शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्ने आवश्यक्तालाई उनले औंल्याएका छन् ।  


संस्कृति, रहनसहन, भाषा भेषभुषालाई आत्मसात गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिन उनको निर्देशन छ । प्राविधिक र जीविकोपार्जन गर्ने खालको शिक्षालाई जोड दिए नेपालमा नै सम्भावना अधिक रहेको तर्क उनको छ । 


मन्त्री थापाले प्रदेश सरकारले ल्याएको अभिभावक शिक्षा, सिक्दै कमाउँदै जस्ता कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन र परम्परागत भन्दा नयाँ योजना तर्जुमा गर्न स्थानीय तहबाट आएका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।


सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला कार्यक्रम राखिएको जानकारी गराए । उनले यही जेनवरी भित्र नै स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारी स्वरुप नै उक्त कार्यक्रम गरिएको उल्लेख गरे ।  कार्यशालबाट शिक्षा योजना निर्माणले गति लिने अपेक्षा उनले गरेका छन् ।


शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिका प्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति २०७८ लाई टेकेर शिक्षा योजना निर्माण गर्नुपर्ने बताए । 


उनी विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक सिद्ध हुनेमा विश्वस्त छन् । समर्पित शिक्षक, जिज्ञासुु विधार्थी र सन्तुष्ट अभिभावक शिक्षा योजना आजको आवश्यकता रहेको भनाई उनको छ । कार्यक्रममा लमजुङ र पर्वत जिल्लाका शिक्षा अधिकृतहरुको सहभागिता छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्