प्रदीप मेमोरियल बास्केटबल: पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन

बल्कु र गरिशा 'एमभिपी'

पाेखरा | पुस ६, २०८१

प्रदीप मेमोरियल बास्केटबल: पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन

पोखरा:   

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ ।

 

पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

पुरुषतर्फ छोम्रोङका बल्कु पुन एमभिपी घोषित हुँदै पुरस्कृत भए  । यस्तै सोही टिमकै नुकेश जुग्जाली बेस्ट अफेन्सिभको अवार्डबाट पुरस्कृत भए । 

 

रामघाटका सुजन महर्जन उदीयमान खेलाडी र सोही टिमकै आशिष बस्नेत बेस्ट डिफेन्सिभका रुपमा पुरस्कृत बने । 

 

यसैगरी महिलातार्फ स्पोर्टस् ग्राण्डी काठमाडौंलाई ३४–२३ अंकसहित पराजित गर्दै ताङतिङले उपाधि जित्यो । उपाधि जितेको ताङतिङलाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए । 

 

 

उनका अनुसार उपविजेता बनेको काठमाडौंले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । 

 

विधागततर्फ ताङतिङका गरिशा सिलवाल एमभिपी खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै सोही टिमकै सोनी वाइबा बेस्ट डिफेन्सिभ घोषित भइन् । 

 

यसैगरी काठमाडौंकी सुहाना मल्ल उदीयमान खेलाडी र रिन्छेन मोक्तान बेस्ट अफेन्सिभका रुपमा पुरस्कृत भइन् । 

 

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पत्रकार राजबहादुर गुरुङ, पुरस्कारदाताहरु, लगायतले पुरस्कार वितरण गरेका थिए । 

 

चैंपरे लेम भाइखलक घान्द्रुकको आयोजनामा गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा पुरुषतर्फ कुल १७ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो । 

 

ढोरपाटन:    सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।  पूर्व पाँच...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...

थप पढ्नुहोस्

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।  विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

थप पढ्नुहोस्