लेखनाथ महोत्सवमा झाँकी र्याली प्रर्दशन गरिने
पाेखरा | पुस ९, २०८१
लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्म गर्न लागेको २० औं संस्करणको लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली प्रर्दशन गरिने भएको छ ।
“महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन विकास र समृद्धि” भन्ने मुल नाराका साथ आयोजीत महोत्सवलाई विगतका वर्षमा जस्तै यस वर्ष पनि सवै जातजाती र समुदायको भेषभुषा र संस्कृति झल्कने गरि झाँकी र्याली प्रर्दशन गरिने भएको हो ।
महोत्सव उद्घाटन समारोहका दिन स्थानिय आमा समुह, टोल विकास संस्था, सामाजिक संघ सस्थाको साथमा जातीय तथा धार्मीक संघ सस्थाहरुको प्रतिनिधीत्व हुने गरि मौलीक संस्कृती र जातीय भेष भुषाको पहिचान हुने गरि ब्यवस्थीत रुपमा झाँकी र्याली प्रर्दशन गर्न लागिएको हो ।
झाँकी र्याली प्रर्दशनी ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महसचिव जानुका अधिकारीले महोत्सवको आयोजक उद्योग वाणिज्य संघ भएपनि यसमा सवैको साथ र सहयोगले उत्कृष्ट महोत्सवका रुपमा स्थापित भएकाले यस वर्ष पनि आफनै घर आगनको पर्वको रुपमा लिएर सहभागि हुनका लागि अनुरोध गरिन् ।
महोत्सवमा कृषि उत्पादन, भाँडा वर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका गरि करिव तीन सय ३५ वटा स्टलहरु रहनेछन् ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २०औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

