कोल्माको क्रस कन्ट्रीमा नेपाली सेनाका रावल च्याम्पियन

स्याङ्जा | पुस ९, २०८१

कोल्माको क्रस कन्ट्रीमा नेपाली सेनाका रावल च्याम्पियन

पोखरा:   स्याङजाको कोल्मामा सम्पन्न पाँचौं संस्करणको क्रस कन्ट्री दौडमा नेपाली सेनाका करण रावल च्याम्पियन बनेका छन् ।

 

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको प्रतियोगिताको खुला विधामा  रावलले निर्धारित २५ किलोमिटर १ घण्टा २७ मिनेट ५२ सेकेण्डमा पार गर्दै च्याम्पियन बनेका हुन् ।

 

यस्तै सेनाकै टंकबहादुर कार्की (१ घण्टा ३२ मिनेट ९ सेकेण्ड) दोश्रो र रमेश लिम्बु (१ घण्टा ३२ मिनेट ५६ सेकेण्ड) तृतीय बने ।

 

उनीहरुलाई क्रमश: नगद ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष्ता सुबेदार मेजर दुत प्रसाद गुरुङले जानकारी दिए । 

 

यसैगरी २१ वर्षमुनि पुरुषतर्फ निर्धारित १० किलोमिटर दुरी ४६ मिनेट ३५ सेकेन्डमा पार गर्दै सनम गुरुङले प्रथम बने ।

 

सल्यानका रुद्र बुढाथोकी (५० मिनेट १४ सेकेन्ड) द्वित्तिय र गोर्खाका अशोक बराम ( ५१ मिनेट ५१ सेकेण्ड) तृतीय बने ।

 

उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफि र मेडल हात गरे । 

 

यस्तै खुला महिलातर्फ १ घण्टा १२ मिनेट २६ सेकेन्डमा निर्धारित १० किलोमिटरको दुरी पार गर्दै रविना बुढामगर प्रथम बनिन् । भने, विमला मानन्धर (१ घण्टा १५ मिनेट २८ सेकेन्डमा) द्वित्तिय बनिन् ।

 

उनीहरुले क्रमश: नगद १५ हजार, १० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गरेको सचिव जीवन थापामगरले जानकारी दिए ।

 

उनका अनुसार विद्यार्थी विधातर्फ ५ किलोमिटर दौडमा कोल्मा बराहचौरका विधार्थीको टोली प्रथम र द्वित्तिय बन्यो भने, जनजागृती माविको टोली  तृतीय बन्यो । 

 

उक्त टोलीलाई क्रमश: १२ हजार, ८ हजार र ४ हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र पदान गरिएको थियो ।

 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर दुत प्रसाद गुरुङ, गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक चर्ती मगर, मेखलाल श्रेष्ठ, पुतली बजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल लगायतको सहभागिता थियो ।


 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्