रोटरी क्लबद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

पाेखरा | पुस ११, २०८१

रोटरी क्लबद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

पोखरा:    रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४/२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने भएको छ ।


यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने तयारीमा रहेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरीे जानकारी दिइएको छ ।


रोटरी डिस्ट्रीकले समेत नेपाल भरिनै भिआइए परिक्षण लाई महत्व दिएर अगाडी बढ्ने योजना गरिरहेको अवस्थामा थप टेवा पुरÞ्याउने योजनाका साथ तयारीमा जुटेको हो ।


स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दीपेन्द्र शर्माले जानकारी दिनुभयो ।


उहाँले २०१० डिसेम्बर २४ का दिन स्थापित रोटरी क्लव अफ पोखरा न्युरोडको आज जन्मोत्सवको अवसरमा हरेक बर्ष सामाजिक कार्य गर्दैै आएको बताउनुहुदै महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने बताउनुभयो ।


वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्नु उपयुक्त हुने बताउनुभयो । समुदायमा यस परिक्षणको बारेमा सचेतना फैलाउनका लागि पनि यो अभियान अगाडि बढाएको उहाँको भनाई थियो ।


उहाँले यस किसिमका कार्यक्रम जनसमुदायमा पुर्याउन रोटरी क्लब एउटा दरिलो माध्यम बन्न सक्ने बताउनुहुदै प्रतिफल पनि सोही अनुसार आउनेमा विश्वस्त रहेको बताउनुभयो ।


रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमको घोषणा गरिएकोे बताउनुभयो ।


सो क्लबका पूर्व अध्यक्ष सुवास सिग्देलले गण्डकी मोडकल कलेजबाट सम्बन्धित डाक्टर सहितको प्राविधिक टिमले यस भिआइए परिक्षणमा सहयोग गर्ने बताउनुभयो ।


यस अभियानमा पोखरा महानगरपालिकाका विभिन्न वडा, पालिका सँगै विभिन्न जिल्ला संग सहकार्य र सहयोगको अपेक्षा गर्दै यो कार्यलाई अगाडी बढाउने र लक्ष्य भन्दा बढी संख्यामा भिआइए परिक्षण गर्ने योजना आयोजकको रहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्