हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

मुगु | पुस १५, २०८१

हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध तस्बिर फाइल

मुगु:    कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेका कारण जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका कारण बस फसेपछि नेपालगञ्ज जाने यात्रुबीच सडकमै अलपत्र परेका हुन् ।


सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको एक यात्रु राज्यलक्ष्मी बमले बताउनुभयो । “पुसको कठ्याङ्ग्रिँदो जाडोमा रातभर गाडीभित्र भोकै बस्यौँ, उद्धार गर्ने कोही भएन”, उहाँले भन्नुभयो, “चिसोले बालबच्चा, बिरामी र बूढाबूढी समस्यामा छन् ।” उद्धारका लागि हारगुहार गरे पनि सुनुवाइ नभएको उहाँले फोनमार्फत बताउनुभयो ।


हिउँ जमेकाले सातमोडमा गमगढी आउने र गमगढीबाट गएका सवारीसाधन आइतबारबाट रोकिए पनि आज मध्यान्हदेखि सडक डिभिजनका कर्मचारी र स्काभेटरले हटाएपछि सडक सुचारु भइसकेको रारा छायानाथ यातायात प्रालिका सचिव सन्तोष शाहिले बताउनुभयो ।


कर्णाली राजमार्गको यो खण्ड घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ । 

काठमाडौं:  स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ...

थप पढ्नुहोस्

पोखरा:  पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी  १३ औं वार्षिकोत्सव  पनि मनाएको छ । हस्पिटलका प्रब...

थप पढ्नुहोस्

बागलुङ:   बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहे...

थप पढ्नुहोस्