घलेलमा २६ औं ल्होछार उत्सव जारी, प्रौढतर्फ युनाइटेड किङस फाइनलमा प्रवेश

१९ गते गायक चिज र बालकाशी गुरुङको बेजोड प्रस्तुती, २० गते घोडा दौड

कास्की | पुस १६, २०८१

घलेलमा २६ औं ल्होछार उत्सव जारी, प्रौढतर्फ युनाइटेड किङस फाइनलमा प्रवेश

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।

 

बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा प्रौढतर्फ युनाइटेड किङ्स क्लब पोखरा फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।

 

उनका अनुसार घलेलको खेल मैदानमा भएको सेमिफाइनल खेलमा आयोजक बौद्ध सृजना युवा क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै किङ्स क्लब फाइनलमा प्रवेश गरेको हो ।

 

भलिबल खेल संयोजक गणेश बिसीका अनुसार आयोजकले तोकेको समयमा उपस्थित नभएपनि लामाचौर, सिङ्दी, विन्ध्येश्वरी ठाँटी, भुर्जुङखोला र लामाचौर जिएम समाज र ड्राइभर समूहलाई वाकओभर दिइएको थियो ।

 

उनले भोलिको पहिलो खेल प्रौढतर्फ नै मर्दी हिमालको टोली र ल्वाङको बीचमा प्रतिस्पर्धा हुनेछ । यस्तै अर्को खेल धवलागिरी घलेल र म्याच नम्बर ४ को विजेताबीच खेल हुनेछ । भने, अर्काे खेल छारमेन्दो तक्रो र म्याच नम्बर ८ बीचको विजेताबीच हुने बिसीले बताए । 

 

यसैगरी आज महिलातर्फको खेलतालिका पनि सार्वजनिक भएको क्लबका सचिव अमृत गुरुङले बताए । 

 

 

उनका अनुसार बुधबार महिलातर्फको पहिलो खेल ग्रीनहिल क्लब ल्वाङ र घलेल रातोबीच प्रतिस्पर्धा हुनेछ । भने, भोलि दिउँसो २ बजे पुरुषतर्फको पनि खेल तालिका सार्वजनिक गरिने सचिव गुरुङले जानकारी दिए । 

 

उनका अनुसार प्रौढ भलिबलतर्फ कुल १२, महिलातर्फपनि १२ टिमको सहभागिता रहेको छ भने, पुरुषतर्फ अहिलेसम्म १८ टिमको दर्ता भएको छ । 

 

कुन प्रतियोगिता कति गते ?

 

क्लबका अध्यक्ष विराज गुरुङका अनुसार साँस्कृतिक कार्यक्रमतर्फ १९ गते चर्चित गायक चिज गुरुङ र बालकाशी गुरुङको बेजोड प्रस्तुती रहने छ ।

 

यस्तै घोडा दौड २० गते बिहान ११ बजे हुनेछ । 

 

 

यसैगरी नृत्य प्रतियोगिता १८, १९ र २० गते साढे ४ बजेबाट सुरु हुनेछ । ठेलो प्रतियोगिता २० गते दिउँसो १ बजे, रस्साकस्सी २० गते दिउँसो २ बजे आयोजना हुनेछ । 

 

कुन प्रतियोगिताको उपाधि राशी कति ?

 

गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

 

सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ  । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताए ।

 

यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । 

 

ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताको विजेता र उपविजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
 

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्