पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

पाेखरा | पुस १६, २०८१

पोखरा ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

पोखरामा आयोजना गरिएको २१औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिताको उपाधि आरव सम्राट हाडा र सुनिरा थापाले जितेका छन्।

 

कास्की जिल्ला टेनिस संघद्वारा यही पुस ११ गतेदेखि सुरू भएको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनलमा पुरूष एकलतर्फ आरव सम्राट हाडाले प्रनव मानन्धरलाई ६–१ र ६–१ अंकले पराजित गरे।

 

यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपालका शीर्ष वरियताका प्रदिप खड्कालाई २–१ सेटमा पराजित गरी आरवले फाइनलमा प्रनवसँगको भेट पक्का गरेका थिए। प्रनवले भने सेमिफाइनलमा निशान श्रेष्ठलाई ६–१ र ६–१ अंकले हराएका थिए।

 

यसैगरी महिलातर्फ सुनिराले सलोनीलाई ६–२ र ६–३ अंकले पराजित गरी उपाधि जितिन्। खुलातर्फ च्याम्पियन भएका दुबैले समान रू ८० हजार, ट्रफी र मेडल प्राप्त गरे। उपविजेताले जनही रू ४० हजारका साथमा ट्रफी प्राप्त गरे।

 

यसैगरी ३५ वर्ष माथिको उमेर समूहमा एकलतर्फ जितेन्द्र परियारले प्रतिद्वन्द्वी सन्तोष खत्रीलाई ६–१ र ६–२ अंकले पराजित गर्दै च्याम्पियन भए। उनले रू ६० हजार र उपविजेता सन्तोषले रू ३० हजारका साथमा ट्रफी पाए।

 

प्रतियोगितामा ४५ वर्ष माथिको एकलतर्फको फाइनलमा कमल भण्डारी विजेता बने। रोहित सुनुवारलाई ६–० र ६–२ अंकले पराजित गर्दै उनले रू ४० हजार तथा उपविजेता रोहितले रु २० हजारसहित ट्रफि प्राप्त गरे।

स्तै ५५ वर्ष माथिको फाइनल स्पर्धामा चन्द्र शाही विजयी भए। उनले जीवन घिमिरेलाई ६–२ र ६–२ अंकले हराए।

 

विजेता चन्द्रले रू ३० हजार तथा उपविजेता जीवनले रू १५ हजार पुरस्कार प्राप्त गरेको प्रतियोगिताका निर्देशक कुमार अधिकारीले जानकारी दिए । 

 

विजेता खेलाडीलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक नवीन चालिसे, संघका कोषाध्यक्ष विष्णुबहादुर थापा, सचिव भीष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरे।

 

प्रतियोगितामा एक सय ४० खेलाडी सहभागी थिए।

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्