नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी | पुस १८, २०८१

नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी:  अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. १ करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ।

 

ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु १  करोड ८ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो।

 

आयोजनाबाट नारच्याङ बेँसी गाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

 

विद्यालय, स्वास्थ्य चौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ। गोर्खा वेयलफेयरको रु. ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु. २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ। 

 

आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्यांकी, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ। 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्