पोखरामा नवौँ राष्ट्रिय खेलकुदः खेल मैदान निरीक्षणको चटारो

कास्की | साउन ११, २०७९

पोखरामा नवौँ राष्ट्रिय खेलकुदः खेल मैदान निरीक्षणको चटारो

पोखरा:     ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनमा व्यस्त देखिएको छ ।
 

 

खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली तनहुँको शुक्लागण्डकी नगरपालिका–८, गणपतिस्थित खेलमैदानको अवलोकन गर्न पुगेको हो ।

 

शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरेका हुन् । गणपति खेलमैदानलाई क्रिकेट लागि उपयुक्त हुन सक्ने प्रदेश खेलकुद परिषदका सदस्य गुुरुङले बताए । 

 

संयोजक गुरुङले उक्त मैदानलाई निर्माण गर्नुपर्ने बताउदै फास्ट ट्रयाकमा काम गर्न आग्रह गरे । उनले मैदान निर्माणका लागि थोरै समय रहेको उल्लेख गर्दै यथाशिघ्र काम सुरु गर्नुपर्नेमा जोड दिए । 

उनले लआगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘बोर्डको मिटिङ १५  गते छ । त्यसमा हामीले निरिक्षण गरेका मैदानहरुको स्थितिको बारेमा रिपोर्टिङ गर्छाैं ।  त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । क्रिकेट प्रतियोगिताको लागि यो मैदानमा सम्भावना छ ।’ गुरुङले भने ।

 

रङ्गशाला बनाउने लक्ष्य छ: मेयर पण्डित

शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गणपति खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने बताए ।

 

बुधबार स्थलगत अवलोकनमा पुगको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितको खेलस्थल व्यवस्थापन उपसमितिको टोलीसँग बोल्दै नगरप्रमुख पण्डितले तत्काललाई क्रिकेटको लागि मैदान निर्माण गर्ने प्रतिवद्धता जनाए ।

 

उनले उक्त मैदानलाई रङ्गशालाको रुपमा विकास गर्नका लागि नगरपालिकाबाट ५० र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको बताए ।
‘अहिले १ करोडको बजेट छ । यो मैदानलाई तत्काल क्रिकेटको लागि निर्माण गर्छाै त्यसपछि क्रमश  फुटबल र भलिबलको मैदानलाई पनि पूर्णता दिन्छौं, उनले भने, ‘ यदि मैदानहरु बन्यो भने जिल्लाको खेलकुद विकासमा सहयोग पुुग्छ ।’

 

गुरुङ नेतृत्वको टोली गत ४ दिनदेखि सम्भावित खेलस्थल अवलोकनमा निकै व्यस्त हुदै आएको छ । आज तनहुँ पुगेको टोली भोली (बिहिबार) स्याङ्जाको वालिङ मैदानको निरिक्षणका लागि पुग्ने छ । भने शुक्रबार म्याग्दीको यात्रामा निस्कने कार्यक्रम तय गरेको छ । 

 

यसअघि सो टोलीले टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे« गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ । 

 

आजै  (बुधबार) पोखरा २७ भण्डारढिकस्थित फुटबल मैदान र माछापुच्छे« क्रिकेट क्लबको खेलमैदान लगायतको निरिक्षण गरेको थियो । 

 

आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल मध्ये २ खेल काठमाडौं, ३४ खेल पोखरामा सञ्चालन  हुने र २ वटा खेल प्रदर्शन गर्ने राखेपले जनाएको छ । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्