लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गर्ने पक्राउ
काठमाडाैं | पुस १९, २०८१
काठमाडौं: वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै रु ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौतम रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लिथुआनिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो”, पक्राउ परेका निज गौतमलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
काठमाडौं: स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ...
पोखरा: पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रब...
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहे...

