अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु, १८ घाइते
काठमाडाैं | पुस १९, २०८१
काठमाडौं: दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको एपीले जनाएको छ ।
मृत्यु भएका व्यक्तिहरूको पहिचान, र तिनीहरू विमानमा थिए वा जमिनमा, अहिलेसम्म थाहा छैन, फुलर्टन प्रहरी प्रवक्ता क्रिस्टी वेल्सलाई उद्धृत गर्दै एपीले जनाएको हाे ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार डिज्निल्यान्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको थियो।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

