हुलाक सेवाको पुन:संरचनामा सचिव अर्यालको जोड

काठमाडाैं | पुस २१, २०८१

हुलाक सेवाको पुन:संरचनामा सचिव अर्यालको जोड

काठमाडौं:   सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दो माध्यम हुलाक सेवा भएको बताउनुभएको छ । 


उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले तीन वटै तहका सरकारबीच समन्वय गरी हुलाक सेवा पुनःसंरचना गरी अझ प्रभावकारी बनाउन  आवश्यक भएको बताउनुभयो । 


सचिव अर्यालले भन्नुभयो, “हुलाक सेवा अत्यावश्यक हो, विपद्मा पनि यो सेवालाई रोक्न मिल्दैन, यो राज्यको दायित्व हो ।”


हुलाक सेवा विभागद्वारा ‘सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवाको सन्दर्भिकता छ वा छैन रु’ शीर्षकमा भएको प्रतियोगितामा २६ विद्यालयका २९ जना छात्रछात्रा सहभागी छन् । 


सचिव अर्यालले प्रविधिमा आश्रित आजको युगमा हुलाकले नयाँ पुस्ताको माग र चाहनालाई कसरी सम्बोधन गर्न सक्ला भन्ने छात्रछात्राबाट पक्ष र विपक्षमा प्रस्तुत विचारले आफू प्रभावित भएको बताउनुभयो । 


हुलाका सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले विद्यालयमा आयोजना हुने यसप्रकारका प्रतियोगिताले विद्यार्थीले क्षमता प्रस्फुटन गराउनमा सहयोगी हुने धारणा राख्नुभयो । 


विभागका निर्देशक ध्रुवराज आचार्य र निर्णायक मण्डलका सदस्य मातृका कार्कीले परेवाका माध्यमबाट सूचना आदानप्रदान गर्ने इतिहास रहेकामा हुलाक सेवाको स्थापनाले आधुनिक युगमा सूचनाको पहुँचलाई सहज तुल्याएको घटना बताउनुभयो । 

 

हुलाक सेवा विभागका निर्देशक तथा निर्णायक मण्डलका अध्यक्ष विशाल सापकोटाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेका विश्वका कतिपय मुलुकले हुलाक सेवाको महत्वका आधारमा सेवालाई परिस्कृत र सर्वव्यापी बनाउँदै लगेको धारणा व्यक्त गर्नुभयो ।
 

उहाँले नेपालको निजामती सेवामा सामुदायिक विद्यालयका उत्पादनकै बाहुल्यता रहेको सन्दर्भमा यसको महत्व उजागर गर्न उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयका छात्रछात्राबीच प्रतियोगिता गरिएको बताउनुभयो । 


नेपाल फिलाटेलिक सङ्घका कार्यवाहक अध्यक्ष चन्द्रमणि श्रेष्ठले सूचना प्राप्तिको उच्चतम प्रविधिको अभ्यास भइरहेको वर्तमान विश्वमा हुलाक सेवाको महत्व उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो ।


चिठीपत्र, खबर र सूचना एकस्थानबाट अर्को स्थानमा पु¥याउने प्राचीन माध्यम ९सेवा० हुलाकको सुरुआत बेलायतबाट सन् १५१६ मा भएको थियो । विश्वमै हुलाकलाई अत्यावश्यक सेवाकारुपमा लिने गरिएको छ भने विश्वका १९२ देशमा सरकारी सेवाकारुपमा हुलाक सेवा छ ।

    
नेपालमा विसं १९३५ मा हुलाक सेवा स्थापना भएको थियो । वार्षिक ३० लाख हुलाक वस्तुको कारोबार र रु ६३ करोड आम्दानी  हुलाक सेवाबाट हुँदैआएको छ । 


अहिले पनि हुलाक सेवालाई विश्वासिलो र गोपनीयताका हिसाबले ज्येष्ठ र सर्वश्रेष्ठका रुपमा लिने गरिएको छ । हुलाक सेवा विभागले हालसम्म एक हजार चार सय ३७ प्रकारका हुलाक टिकट मुद्रण गरिरहेको छ ।


प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः रु १५ हजार, रु १२ हजार पाँच सय, रु १० हजार र रु सात हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्