रोटरी क्लबद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा झण्डै ५ प्रतिशत पोजेटिभ

पाेखरा | पुस २१, २०८१

रोटरी क्लबद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा झण्डै ५ प्रतिशत पोजेटिभ

पोखरा:    रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३ जना महिलामा पोजेटिभ देखिएको छ ।


पोखरा महानगरपालिका वडा नं १६ मा जुम्लेटीमा आयोजना गरिएको सो शिविरमा सहरी सुविधा भएपनि जनचेतनाको कमीका कारण महिलाहरुले समय–समयमा स्वास्थ्य परिक्षण नगर्दा सो परिणाम आएको पोखरा महानगरपालिका वडा नं १६ का वडाअध्यक्ष अमृत तिम्सिना बताउनुभयो ।


पोजेटिभ देखिएका महिलाहरुको थप उपचार गण्डकी मेडिकल कलेजमा उपचार गरिनेछ ।


यही पौष १८ गते देखि विभिन्न चरणमा यो वर्ष भरि नै करिब करिव १ हजार ५ सय जना महिलाहरुको निशुल्क पाठेघरको मुखको परिक्षण सेवा प्रदान गर्ने योजनामा रहेको रोटरीले आगामी शनिबार सोही शिविर वडा नं ७ मासबारमा गर्ने क्लबका अध्यक्ष दिपेन्द्र शर्माले जानकारी दिनुभयो ।


स्वार्थ भन्दा माथी सेवा भन्ने मूल उद्देश्यका साथ स्थापित रोटरीले महिला तथा शिशु स्वास्थ्य अन्तरगत रहेर यो परिक्षण कार्यलाई यस बर्ष विभिन्न चरणमा कास्की, तनहुँ, स्याङ्गजा, पर्वत, बागलुङ लगायतका गण्डकी प्रदेशका जिल्लाहरुका विभिन्न पालिका र वडाहरुका महिलाहरुमा भिआईए परिक्षण गर्न गईरहेको डिष्ट्रिक मेम्भरसिप चियर सुवास सिग्देलले जानकारी दिनुभयो ।


महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या बढी रहेको कारणले पनि ग्रामीण भेगमा यसको पहँुच पुर्याउन यो कार्यक्रम सहयोगी भन्ने गण्डकी मेडिकल कलेजका संचालक एवं रोटरी क्लव अफ नक्शाल शक्तिका संस्थापक अध्यक्ष डा. लुना अर्यालले बताउनुभयो ।


अधिकांश महिलाहरूमा पछिल्लो समय पाठेघरको मुखको भिआइए परिक्षण नगर्दा देखिएको समस्या–क्यान्सरबाट पिडीत भई आन्तिम प्रहरमा पुगेपछि मात्र थाहा पाउने अवस्थाबाट महिलाहरु सजग रहने बातावरण बन्न सकोस् भन्ने मूल उद्देश्य अनुरुप यस कार्यक्रमलाई मेडिकल कलेजको सहयोग रहेको कुरा डा. अर्यालले बताउनुभयो । 


सो कलेजका प्रध्यापक वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डीका पंडितले २९ बर्ष देखि ६५ बर्ष महिला समुहमा हुने यस समस्याका लागि प्रारम्भिक जाँच गर्न जरुरी रहेको हुँदा यो अभियान सुरु गरिएको बताउनुभयो ।


उहाँले नेपालमा १५ वर्ष वा माथिका ११.५ प्रतिशत महिलाहरू पाठेघरको मुखको क्यान्सरको जोखिममा रहेको तथ्याङ्क बारे जानकारी दिनुभयो ।


हरेक वर्ष २ हजार २ सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र १ हजार ४९३ जनाले यस रोगबाट मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

काठमाडौं:  नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।  ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...

थप पढ्नुहोस्

मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

थप पढ्नुहोस्

गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...

थप पढ्नुहोस्