अध्यावधिक नहुने खेल संघलाई कार्वाही गर्ने सदस्य सचिव शर्माको चेतावनी
पाेखरा | पुस २१, २०८१
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेल संघहरुले दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले निर्धारित मिति यही पुष २० गते भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघहरुलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
समय भित्र दर्ता, नविकरण, अध्यावधिक र साधारण सभा नगर्ने संघका प्रतिनिधिहरुले खेल संघको लेटर प्याड तथा छाप समेत प्रयोग गर्न नपाउने उनले जनाए । यदि कसैले कानूनको पालना नगरेको खण्डमा सरकारी छाप कृते दस्तखत अन्र्तगत मुद्धा समेत हाल्ने सदस्य सचिव शर्माले बताए । करिब २८ वटा खेलसंघहरु प्रदेशमा आबद्ध भएको उनले बताए ।
खेलकुद प्रबद्र्धन र खेलाडी उत्पादनमा खेल संघ, क्लवहरु सहित केही संस्थाहरु रहेको उल्लेख गर्दै उनले खेलकुदको विकासको लागि संघहरुसंगै बसेर जिम्मेवारी दिने बताए ।
खेलकुद क्षेत्रमा बजेट कम भएको दाबी गर्दै उनले जनप्रतिनिधिहरुले यस बिषयमा खासै आवाज उठाउन नसकेको गुनासो गरे । नेपाली खेलकुदमा न्यून बजेटको कारणले नै सोचे अनुरुप विकास हुन नसकेको सदस्य सचिब शर्माले बताए ।
खेलकुदमा विशेष गरी मार्शल आर्ट खेलका केही संघहरुमा आर्थिक परादर्शिता नभएको र ग्रेडिङमा समेत मनपरी रुपमा प्रशिक्षार्थी खेलाडीहरु संग रकम उठाएको विषयमा परिषदको गम्भिर ध्यानाकर्षण भएको उनले बताए ।
सदस्य सचिब शर्माले अबको सम्पूर्ण तयारी १० औं राष्ट्रिय खेलकुदका लागि अघि बढ्नु पर्ने जनाउँदै गण्डकीले पदक प्राप्त गर्ने गरी तेक्वान्दोलाई आफ्नो तयारी सुरू गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेलले तेक्वान्दो खेलको विकासका लागि डोजाङहरुको स्थापना हुनुपर्नेमा जोड दिए । स्वस्थ नागरिक उत्पादन संगै घर–घरमा तेक्वान्दो पु¥याउन डोजाङहरुको स्थापना आवश्यक रहेको उनको भनाई थियो ।
गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी पाण्डे, महासचिब रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्माचार्यले बोलेका थिए ।
कोषाध्यक्ष कर्माचार्यले आर्थिक वर्ष २०८०÷०८१ मा आम्दानीतर्फ २९ लाख ६२ हजार ९ सय २८ र खर्चतर्फ २५ लाख २३ हजार ८ सय ६४ रहेको जानकारी दिए । बाँकी रहेको ४ लाख ३९ हजार ६४ रुपैसा यस बर्ष भुक्तानी गर्न बाँकी रहेको सेवा प्रदायकहरुलाई भुक्तानी गरिने भएको कोषाध्यक्ष कर्माचार्यले बताए । संघका अध्यक्ष गुरूङले पोखरा रंगशालामा निर्माण हुन लागेको तेक्वान्दो प्रशिक्षण हल निर्माण सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरे ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

