माओवादी केन्द्रीय सदस्यले फागुन १ गते भित्रै सम्पत्ति विवरण पेस गर्नुपर्ने

काठमाडाैं | पुस २१, २०८१

माओवादी केन्द्रीय सदस्यले फागुन १ गते भित्रै सम्पत्ति विवरण पेस गर्नुपर्ने

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण गर्नेक्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताउनुभएको छ । 

    
पार्टी केन्द्रीय समितिको आज भएको विस्तारित बैठकमा उहाँले जातीय क्षेत्रीय मोर्चालाई सक्रिय पार्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिचानका मुद्दा ओझेलमा पर्न गएकामा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ, जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।” 

    
आगामी माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने तथा पार्टीका सङ्घ र प्रदेश सांसदको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।  अध्यक्ष दाहालले पार्टीका मधेससँग सम्बन्धित समस्या हल गर्दै ‘मिसन २०८४ अभियान’ कार्यान्वयनमा जोड दिनुभयो । 

     
आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पनि गर्नुभएको छ । माओवादी केन्द्रमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य छन् ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्