राधाकृष्ण गुरुकुलका लागि एक लाख पाँच रुपैयाँको अक्षयकोष सहयोग

पाेखरा | पुस २२, २०८१

राधाकृष्ण गुरुकुलका लागि एक लाख पाँच रुपैयाँको अक्षयकोष सहयोग

पोखरा:  पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका लागि अद्वैत ज्ञान मार्ग शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा तनहुँले एक लाख पाँच रुपैयाँ अक्षयकोष रकम सहयोग गरेको छ । 
    

राधाकृष्ण मन्दिर शान्ति आश्रममा आयोजित एक कार्यक्रमका बीच संस्थाका तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो ।
    

कार्यक्रमका प्रमुख अतिथि राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त प्राज्ञ मुकुन्दशरण उपाध्यायले यस्ता सहयोगले गुरुकुलको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै सहयोगका प्रति आभार व्यक्त गर्नुभयो ।
    

सहयोगी एवम् सहभागीलाई स्वागत गर्दै राधाकृष्ण मन्दिर शान्ति आश्रमका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम खनालले गुरुकुलको सुव्यवस्थित एवम् दीगो सञ्चालनका लागि यस्ता सहयोगहरू आवश्यक भएको धारणा राख्नुभयो ।
    

कार्यक्रममा अद्वैत संस्थाका तर्फबाट अद्वैत ज्ञान मार्ग नेपालका बरिष्ठ सल्लाहकार सोमप्रसाद पौडेल, संरक्षक ठाकुरप्रसाद वाग्ले शास्त्री, अध्यक्ष सुवेदार डिलकुमार श्रेष्ठ, वेलचौतारा शाखा प्रमुख भगवती लामिछाने, कल्पवृक्ष शाखा सचिव कान्ता भट्टराईको उपस्थिति थियो ।
    

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र रेग्मीको सभापत्वि एवम् विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीद्वारा सञ्चालित कार्यक्रममा अक्षयकोष सहयोगका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य माधवशरण उपाध्यायले समन्वय गर्नुभएको थियो ।


उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुबहादुर बस्नेत, हरिराज घिमिरे लगायतको उपस्थिति थियो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्