रोजगारी खोज्दै हिडे नेपाली भारतको सिमला

नेपालगञ्ज | साउन १२, २०७९

रोजगारी खोज्दै हिडे नेपाली भारतको सिमला

 

नेपालगञ्ज  :   नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको सिमा नाकाहरुमा लर्को लाग्न थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङक छ । 

 

इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख वरिष्ठ सई माधव रिजालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को लाग्ने गरेको बताउनुभयो । उहाँले अहिले दैनिक एक हजार दुई सय देखि एक हजार तीन सयसम्म नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जानकारी दिनुभयो । 

 

अहिले नेपालमा काम नभएको र भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सो तर्फ जाने गरेको प्रहरीको भनाई छ । भारत जान हुल बाँधेर नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको रिजालले बताउनुभयो । उहाँका अनुसार अहिले भारत जानेमा अधिकांश २० वर्षको सेरोफेरोकै युवा रहेका छन् । 

 

भारत हिडेका जाजरकोट पाँचकाटियाका रमेश बहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाइएपछि बाध्य भएर फेरी भारत जान थालेको बताउनुभयो । उहाँले नेपालमा बढी भन्दा बढी रोजगारी सृजना नगरिएसम्म कालापहाड जानै पर्ने बाध्यता बाँकी रहने बताउनुभयो । 

 

यस्तै सल्यान थारमारेका गणेश विकले आफ्नो देशमा काम नपाएपछि भारत जानुको विकल्प नहुँदा गैरहेको गुनासो गर्नुभयो । सोही प्रकारको दुखेसो भारत छिर्न नाकामा पुगेका अधिकांश युवाको छ । 

रामेछाप:   उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  का...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

थप पढ्नुहोस्