घलेल उत्सव: भलिबलको उपाधिका लागि धम्पुस र घान्द्रुक किम्चे भिड्ने

कास्की | पुस २२, २०८१

घलेल उत्सव: भलिबलको उपाधिका लागि धम्पुस र घान्द्रुक किम्चे भिड्ने

पोखरा:    तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधिका लागि घान्द्रुक किम्चे गाउँ  र धम्पुस गाउँ भिड्ने भएका छन् । 

 

आज भएको सेमिफाइनल खेलमा धम्पुस लेककुना गाउँले कुइबाङ गाउँलाई ३–१ को सेटले पराजित गर्दै धम्पुस  फाइनलमा पुगेको हो ।

 

यस्तै अर्काे सेमिफाइनल खेलमा घान्द्रुक किम्चे गाउँले ठुलाखेत गाउँलाई ३–१ कै सेटमा हराउँदै फाइनलमा घान्द्रुकसँगको भेट पक्का गरेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।

 

उनका अनुसार महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरिसकेको छ । भने, प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा पुगिसकेका छन् ।

 

तिनै विधाको फाइनल खेल (मंगलबार) भोलि हुने क्लबका सचिव अमृत गुरुङले जानकारी दिए ।

 

उनका अनुसार बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवको गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगितातर्फको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

 

सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ  । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने भलिबल खेल संयोजक गणेश बिसीले बताए ।

 

यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


य​सअघि खुला सामुहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
 

काठमाडौं:  नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।  ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...

थप पढ्नुहोस्

मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

थप पढ्नुहोस्

गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...

थप पढ्नुहोस्