ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडाैं | साउन १२, २०७९

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

 


तम्घास:  गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु.२ त ५६०३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बरको २ को देउरालीमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा मालिका गाउँपालिकाका २२ वर्षीय दीपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

 

ट्याक्टरबाट लडेर घाइते भएका परियारको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा थप उपचारको क्रममा राति २ बजे मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्