पर्वतका अभिषेकले लुम्लेको सरकारी माविबाट एसइईमा कास्की टपे

पाेखरा | साउन १२, २०७९

पर्वतका अभिषेकले लुम्लेको सरकारी माविबाट एसइईमा कास्की टपे

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ।

 

सार्वजनिक नतिजाअनुसार सरकारी विद्यालयतर्फबाट कास्कीमा अभिषेक न्यौपानेले ४.० जीपीए ल्याउन सफल भएका छन् । न्यौपाने अन्नपूर्ण गाउँपालिका – ३ काँडेको बालमन्दिर माध्यमिक विद्यालयका छात्र हुन् । 

 

न्यौपानेले कक्षा ५ बाट बालमन्दिरमा अध्ययन गरेका हुन् । एसइई परीक्षाको दौरान प्रधानाध्यापक रहेका सुरेन्द्र देवकोटाले न्यौपानै अत्यन्तै सिर्जनशील विद्यार्थी रहेको जानकारी दिए ।

 

‘न्यौपाने अनुशासनको प्रतीक थिए’ हाल निवर्तमान प्रअ देवकोटाले भने ‘नाच्ने, गाउने र खेलकुदलगायत सबै क्षेत्रमा पोख्त थियो, उसलाई अलराउण्डर भन्न मिल्छ ।’

 

उनका अनुसार फुर्सद भयो कि पढिहाल्ने स्वभाव न्यौपानेको थिएन । एसइई परीक्षा अघिका कक्षामा न्यौपाने प्रायः चौथो हुने देवकोटाले बताए । 

 

न्यौपानेको स्थायी ठेगाना पर्वतकाे बियादी गाउँपालिका ४ हो ।  उनी कक्षा ४ सम्म पर्वतमै पढेका हुन् । काठमाण्डौंको बुढानिलकण्ठ स्कुलअन्तरगतको पब्लिक पार्टनरशीप प्रोग्राम (पीपीपी)अन्तरगत नाम निकालेर बालमन्दिरमा पढ्न आएको देवकोटाले जनाए । 

 

‘स्याङजा, पर्वत सीमा घर भएकाकारण न्यौपाने परिवारले आवासीय विद्यार्थीकारुपमा लुम्लेको बालमन्दिर रोजेका हुन्’ पूर्वप्रधानाध्यापक देवकोटाले भने ‘बालमन्दिर पढ्न पीपीपीमा नामै निकालेर आएका हुन् न्यौपाने ।’ 

 

यसपटकको नतीजाअनुसार कास्कीमा २ जनाले ४ जीपीए ल्याएका छन् । जसमध्ये अर्का एक निजी विद्यालय डिज्नेल्याण्ड एकेडेमीकी छात्रा रितिका पोखरेल हुन् । रितिका कक्षा १ देखि नै डिज्नेकी विद्यार्थी हुन् । 

 

कास्कीको अन्य नतीजा विवरण टेबलमा उल्लेख गरिएको छ । 

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्