रविसहित ७ जनालाई छाड्न अदालतको आदेश, कसलाई कति धरौटी ?
पाेखरा | पुस २५, २०८१
कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने लगायत ७ जनालाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्तै पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ ।
रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग एक लाख धरौटी माग गरेको हो ।
सहकारी ठगीको मुद्दामा जोडिएका रास्वपाका सभापति रवि लामिछाने पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
संगठित रुपमा सहकारी ठगी गरेको र त्यहाँबाट आर्जित सम्पत्ति शुद्धिकरणको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातजनालाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतको आदेशसँगै तीन जना धरौटीमा रिहा भइसकेका छन् । अन्य प्रतिवादी पनि धरौटी बुझाएर रिहा हुने तयारीमा छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

