भेटघाटको थलो बन्यो लेखनाथ महोत्सवमा
पाेखरा | पुस २६, २०८१
पोखरा: यही पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ ।
पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए ।
पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी कृष्ण ठकुरीले अहिले महोत्सवमै भेटे । अन्य दर्शकहरुसमेत स्कुल पढ्दाका साथी र टाढाका आफन्त भेटेर खुसी व्यक्त गरिरहेका थिए ।
नयाँपन खोज्नका लागि लेखनाथ महोत्सव आउने दर्शकले बालापनको साथी भेट्ने रहरसमेत राख्ने गर्छन् । पुरानो सम्बन्धमा रमाउन पाउँदा दर्शक निकै खुसी भएको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए ।
उनले भने, ’यो महोत्सव खाली महोत्सवका लागि मात्र नभएर आत्मीयता र भेटघाटको थलो पनि बनेको छ ।’
महोत्सवमा चर्चित दोहरी कलाकारबाट दोहोरी प्रस्तुति, हास्यव्यंग्य कलाकार बाट हास्य प्रस्तुति, पप कलाकारबाट पप कन्र्सट साथमा मोडन डान्समा दर्शकहरू रमाइलो लिएका छन् ।
शनिबार दोहोरीतर्फ बाल कलाकार सुप्रिम मल्ल ठकुरी, आशा बिसी, जिवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, रमा राना, माया केसी लगायतको प्रस्तुत रहनेछ भने बेलुका लाईभ कन्सर्टमा राजु लामा (मंगोलियन हर्ट)को प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिए ।
महोत्सवमा शुक्रबार २७ हजार दर्शकले अवलोकन गरेका छन भने ७५लाख बराबरको कारोबार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिईन । हालसम्म १ लाख ५० हजार दर्शकले अवलोकन र ४ करोड ५० लाखको कारोबार भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

