अधिकृत विक्रेता संघ पोखराको साधारण सभा सम्पन्न

ट्राफिकबाट पाउने दुःखको अन्त्य गर्न माग

पाेखरा | पुस २७, २०८१

अधिकृत विक्रेता संघ पोखराको साधारण सभा सम्पन्न

पोखरा:    अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभा एक समारोहका बिच सम्पन्न भएको छ । 


शनिबार पोखरामा संघले साधारणसभा सम्पन्न गर्दै राज्यलाई सबैभन्दा बढि कर तिरिरहँदा ट्राफिक प्रहरीबाट पाउउने गरेको दुःखको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । 


कार्यक्रमा सहभागि विभिन्न व्यवसायीहरुले राज्यले ढुवानी सेवाको लागि प्रयोग हुने सवारी करमा विशेष छुटको व्यवस्थापन गरेपनि सडकमा भने निकै दुःख दिइरहेको बताएका हुन् ।

 
नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्तले अधिकृत विक्रेताको पेशा मर्यादित पेशा रहेको सुनाउँदै गुणस्तरमा लाग्न सुझाव दिए । 


राज्यले देशमा वेरोजगार बढिरहेको बताउँदा आफुहरुको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको उनको भनाइ छ । वक्ताहरुले भने झै सडकमा सामान बोक्ने सवारी माथि ट्राफिक प्रहरी गर्ने व्यवहारको अन्त्य हुनै पर्नेमा उनको जोड थियो । 


संघका पुर्व अध्यक्ष गोविन्द कर्माचार्यले अधिकृत विक्रेताहरुले आपुर्ति व्यवस्थापनमा ठूलो योगदान दिदैँ आएको कारण सहर र गाउँमा सामानको मुल्य एकै भएको बताए । 


उनले राज्यले ढुवानी सवारी करमा छुट दिएपनि साधारण कुरामा भने निकै दुःख दिदैँ आइरहेको सुनाए ।


‘हामीले दिएको सेवाका कारण आज सहर र बजारमा दररेट एउटै छ । सेवा नदिएको भए गाउँमा सामानहरु महँगो हुने थियो’ उनले भने, ‘यहाँ राज्यले केही नगरेको होइन गरेको छ, ढुवानी गर्ने सवारीको भन्सारमा विशेष छुटको व्यवस्था गरेकै हो तर, दोहोरो चरित्र सरकारले देखाएको छ हामीलाई साना–साना कुरामा दुख दिएको छ ।’ 


पोखरा इलेक्ट्रिक व्यवसायी संघका अध्यक्ष चिन्तामणि खरेलले व्यवसाय गर्दा सडकमा ट्राफिक प्रहरीको ज्यादति धेरै भएको सुनाए ।


उक्त साधारण सभाको उद्घाटन पश्चात सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताए । 


आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ । 


लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह र सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिएका थिए । 


सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उनले यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताएका हुन् । 


‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो ।

 
निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो’ उनले भने, ‘नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने यात्रा सहज तुल्याउन सबै पक्षको सहकार्य आवश्यक छ । यद्यपी, निजी क्षेत्रलाई संस्थागत सामाजिक जिम्मेवारी निर्वाह गराउन पनि सरकारले नियमन गर्नुपर्ने हुन्छ ।’


नेपाल वितरक महासंघ गण्डकीका प्रमुख बद्री ढुंगानाले कानुनी झन्झटले निकै सास्ती खेप्न बाध्य भएको सुनाए । आफुहरु राज्यलाई कर तिरिरहेको तर राज्यबाट सद्यैँ अपहेलित हुनु परेको उनको भनाइ थियो । 


अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठले अधिकृत विक्रेताहरुलाई एकै ठाउँमा ल्याउनका लागि २०६४ सालमा संस्थाको स्थापना भएको जानकारी दिए । 


उनले एकै प्रकृतिका व्यवसायीलाई व्यवसाय संगै सामाजिक उत्तरदायित्व वहन गर्दै व्यवसायमा आउने समस्याको न्युनिकरण गर्न संस्था अग्रस्थानमा रहेको सुनाए । 


सचिव दिलिप कुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा हिमालय एभरेष्ट इन्सुरेन्स प्रालि गण्डकीका प्रमुख शिव सुवेदी, अधिकृत विक्रेता संघका निवर्तमान अध्यक्ष सुरेश अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आफ्नो धारणा राखेका थिए । सोही क्रममा संस्थामा रहेको सदस्यका परिवार मध्येबाट २०८० को एसईईमा उतिर्ण प्रन्सुदेव पालिखेलाई सम्मान समेत गरेको थियो ।
 

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्