देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ: महासचिव पोखरेल

काठमाडाैं | पुस २८, २०८१

देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ: महासचिव पोखरेल तस्बिर फाइल

दाङ:    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुन जरूरी रहेको बताउनुभएको छ । 

    
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी दाङको आयोजनामा आज घोराहीमा भएको ‘नेपालको संविधान २०७२ दलित अधिकार तथा प्रभावकारी कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले त्यसकाल लागि दलित समुदाय आर्थिक, सामाजिक रुपमा सशक्तीकरण र आम रूपमा समाजिक जागरणको आवश्यकता रहेको बताउनुभयो । 


महासचिव पोखरेलले धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराले सिर्जना गरेको सङ्कीर्ण सोचका कारण समाजमा उचनिजको व्यवहार हुने गरेको भन्दै यसलाई भत्काउन जरूरी रहेको बताउनुभयो । 


उहाँले धर्मका नाममा हुने विभेदलाई चिर्नका लागि समाजिक आन्दोलन चाहिने जिकिर गर्नुभयो । “संविधानमा लेखेर मात्रै यो समस्या समाधान हुँदैन । छुवाछूतजन्य व्यवहारमै परिवर्तन गर्न लाग्नुपर्छ”,महासचिव पोखरेलले भन्नुभयो,“गलत संस्कृतिहरुलाई  सामजिक आन्दोनका माध्यमबाट बदल्नुपर्छ । त्यसका लागि सबै लागौँ ।”


दलित समुदायका पुख्र्यौली पेसालाई आधुनिकीकरण गर्दै आर्थिक सशक्तीकरण गर्न सकेमा सामाजिक अवस्था सुधारमा योगदान पुग्ने उहाँको भनाइ थियो । 


“दलित समुदायले परम्परादेखि गर्दै आएको पेसामा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रुपान्तरण गर्नुपर्छ । पेसाप्रति घृणा होइन गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ । आर्थिक रूप सबल र आत्मनिर्भर हुनसकेमा धेरै हदसम्म विगतको विकृत सोचमा परिवर्तन ल्याउँछ किनकि पछिल्लो समय आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास हुँदैगएको छ”, महासचिव पोखरेलले भन्नुभयो । 


मुक्ति समाज जिल्ला कमिटी दाङका अध्यक्ष शङ्कर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष नन्दलाल विश्वकर्मा, केन्द्रीय सदस्य भागवत विश्वकर्मा, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णबहादुर नेपाली, नेकपा ९एमाले० दाङका उपाध्यक्ष मनोहर बुढाथोकीलगायतले सम्बोधन गर्नुभएको थियो ।

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्