शारीरिक सुगठन संघ गण्डकीको अध्यक्षमा नविन आलेमगर

पाेखरा | माघ १, २०८१

शारीरिक सुगठन संघ गण्डकीको अध्यक्षमा नविन आलेमगर

पोखरा:    गण्डकी प्रदेश शारिरिक सुगठन संघ तदर्थ समितिको अध्यक्षमा नविन आले मगर सर्वसम्मत निर्वाचित भएका छन् । 


पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश शारीरिक सुगठन संघ तदर्थ समिति भेलाले आलेमगरको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा बिमल बहादुर खॉड (स्याङ्जा), सचिब प्रकाश पौडेल (स्याङ्जा) र कोषाध्यक्षमा नितेश खड्का (कास्की) चयन भए । 


यस्तै कार्यसमिति सदस्यमा अमृत लम्साल (कास्की), सैलेश रिमाल (तनहुँ), धिरज घर्ती (बाग्लुङ्ग), निरज तिवारी (कास्की), तिलक गर्बुजा (म्याग्दी), दिवा राना (स्याङ्जा) र दुर्गा खोर्जा पुन (पर्वत) चयन भए । 


तदर्थ समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका अध्यक्ष आलेमगरले गण्डकी प्रदेशमा शारीरिक सुगठन खेलको विकास एवं प्रवर्द्धन संगै आसन्न दशौं राष्ट्रिय खेलकुदमा गण्डकीको तर्फबाट पदक ल्याउने गरी प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा तयारी गर्ने प्रतिवद्धता जनाए ।

ढोरपाटन:    सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।  पूर्व पाँच...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...

थप पढ्नुहोस्

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।  विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

थप पढ्नुहोस्