अमेरिकामा टिकटक सेवा पुन: सञ्चालन
काठमाडाैं | माघ ७, २०८१
काठमाडौें: टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त राज्य अमेरिकामा सेवा पुनः सुरु गरेको छ ।
टिकटकले सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै सोमबार पुनः सत्तासम्हाल्ने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसको श्रेय दिएको छ ।
राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो ।
टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।
–चीनको आग्रह–
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू भएपछि चीनले सोमबार संयुक्त राज्य अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो ।
“अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौँ,” विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो ।
माओले भन्नुभयो, “टिकटक धेरै वर्षदेखि संयुक्त राज्य अमेरिकामा सञ्चालन भइरहेको छ र अमेरिकी प्रयोगकर्ताहरूले यसलाई गहिरो प्रेम गर्छन । यसले अमेरिकामा घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन सकारात्मक भूमिका खेलेको छ ।”
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

