आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया
काठमाडाैं | माघ ७, २०८१
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको आयोजनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार “बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीसूचक संस्थाहरूका लागि निर्देशन”को व्यावहारिक कार्यान्वयन र परिपालना सुनिश्चित गर्न आभूषण व्यवसायीहरू र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महासंघले शुभारम्भ गरेको “स्वच्छ व्यवसाय, सम्मानित व्यवसायी” राष्ट्रिय अभियान अन्तर्गत आभूषण व्यवसायी र नियामक निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका नायव सुब्बा प्रकाश सापकोटाले व्यवसायीहरूलाई सम्पत्ति शुद्धीकरण रोकथामसम्बन्धी कानूनी दायित्व, पारदर्शिता कायम राख्ने उपाय, प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रिया, तथा व्यवसायमा इमानदारिता र निष्ठा कायम राख्ने विषयमा अभिमुखीकरण गराए ।
त्यसैगरी, विशेष अतिथिका रूपमा उपस्थित सोही विभागका निर्देशक श्री जनार्दन आचार्यले सशक्त व्यवसायिक अभ्यासले मात्र व्यवसायको दीर्घकालीन विकास सुनिश्चित हुनेमा जोड दिए ।
कार्यक्रमको उद्देश्य व्यवसायीहरूलाई कानूनी दायित्व पालनामा अभिप्रेरित गर्नु, नियामक निकाय र व्यवसायीहरूबीच सहकार्यलाई बलियो बनाउनु, र व्यवसायमा इमानदारी, पारदर्शिता, तथा निष्ठालाई प्रवर्द्धन गर्नु रहेको थियो।
उक्त कार्यक्रममा करिब १२० जना व्यवसायीहरुको (भौतिक र अनलाइन, जुम माध्यमबाट) सक्रिय सहभागिता रहेको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

