यो सरकार स्थायित्वका लागि हो: उपप्रधानमन्त्री सिंह
बाग्लुङ | माघ ८, २०८१
ढोरपाटन: उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थितर बन्दा नागरिकमा निराशा बढेको भन्दै अहिले दुई ठूला दल मिलेर यो सरकार गठन भएको मन्त्री सिंहले स्पष्ट पार्नुभयो ।
सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकमा भरोसा जगाउने गरी सरकारले काम गरिरहेको उहाँको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यस अगाडि बनेका सरकार धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन गर्यौँ, त्यसमा अन्य पार्टीहरूले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ ।”
देशमा सङ्कट पर्दा कांग्रेसले निकास दिँदै आएको र पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीका हरेक कार्यकर्ताले सङ्गठनलाई मजबुत बनाउनुपर्ने भन्दै नागरिकका समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्नुपर्ने उप्रधानमन्त्री सिंहले बताउनुभयो ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

