घट्यो सुनको मूल्य
काठमाडाैं | माघ १०, २०८१
काठमाडौं: नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

