लोमान्थाङमा प्रदेश सांसद विष्टको गल्फ मोह ! हेर्नुहोस् १५ तस्बिर
मुस्ताङ | साउन १३, २०७९
मुस्ताङ: पोखरा आफ्नो क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने सपना प्राय सबै नेताको हुन्छ ।
गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले आफ्नो क्षेत्रमा विकास निर्माणका कार्य मात्रै गरेनन् । उनले उपल्लो मुस्ताङको लोवान्थाङमा गल्फ कोर्स निर्माण गर्नका लागि निकै कसरतमा लागिपरेका थिए ।
फलस्वरुप परिक्षण पनि सफल भैसकोको छ । उनी यतिबेला गल्फमै व्यस्त देखिएका छन् । गल्फ कोर्समै रमाइरहेका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स हो । प्रदेश सांसद विष्टका अनुसार उक्त गल्फ कोर्स समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो नेपालको हाई अल्टिच्युडमा भएको पहिलो कोर्स हो ।
पोखरा, चितवन र धरानमा १÷१ वटा, काठमाडौँमा ३ र अहिलेको उपल्लो मुस्ताङमा थपिएको १ गरि कुल नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । नेपालको सबैभन्दा उचाइमा रहेको उपल्लो मुस्ताङको गल्फ कोर्समा यतिबेला
गल्फरहरु तथा प्रदेश सांसद इन्द्रधारा विष्ट रमाइरहेका छन् । १५ तस्बिरमा हेरौं, सांसद विष्ष्टको गल्फ मोह ।
तस्बिर: राकेश थापामगर














काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

