गोरखामा आगलागीबाट तीन घरमा पूर्ण क्षति, ११ चौपाया मरे
गोरखा | माघ ११, २०८१

गोरखा: गोरखामा आगलागीबाट तीन घर जलेर पूर्ण रूपमा क्षति भएको छ ।
चुमनुब्री गाउँपालिका–६, ताजुमा बिहीबार साँझको समयमा स्थानीय कुञ्चन छिरिङको दुई तल्ले कच्ची घरसहित तीन वटा घर आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको हो । घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिनुभयो । त्यस्तै एक घरको भुईँ तल्लामा रहेको ८ वटा गाई र ३ वटा गोरु आगलागीमा परेर मरेको उहाँको भनाई छ ।
सोही ठाउँमा रहेका ५ वटा गाईको भने सकुशल उद्धार गरिएको छ । खाना पकाउने चुल्होमा बलिरहेको आगो घर बाहिर फाल्न प्रयोग भएको फलामको पाइपमा सल्किएर अचानक आगलागी भएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...