पोखरा १२ मा नि:शुल्क स्वास्थ्य शिविर, ५८ जनाले लिए सेवा

पाेखरा | माघ १३, २०८१

पोखरा १२ मा नि:शुल्क स्वास्थ्य शिविर, ५८ जनाले लिए सेवा

पोखरा:    पोखरा महानगरपालिका वडा नं १२ मा नि:शुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ ।


नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित भएका छन् । 


एक सातासम्म वडा कार्यालयको सिफारिसमा संघको कार्यालयमा सम्पर्कमा आउनेलाई सेवा प्रदान गरिने छ ।


कार्यक्रमक उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले हरेक नागरिक आफ्नो स्वास्थ्य बारे सचेत हुनुपर्ने बताए ।  उनले काम गर्नका लागि दृढ इच्छा शक्ति आवश्यक भएको उल्लेख गरे । 

  
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्दै संघ अघि बढ्न चाहेको उल्लेख गरे । 


उनले वडा अध्यक्ष बास्तोलाले नागरिकप्रतिको स्वास्थ्यमा गम्भिरता देखाएका कारण नै पोखरा १२ मा कार्यक्रमका गरिएको जानकारी दिए । 


नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १२ का वडा सदस्य शान्ति कोइराला, नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र स्त्री रोग विशेषज्ञ डा कालिका भण्डारी लगायतले बोलेका थिए । 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्